सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद थापालाई मातृशोक

२०८१ असार २७, ०२:०५

भक्तपुरः २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ।

सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिए। लामो समयदेखि दम तथा निमोनियाको उपचार गराइरहनुभएकी उन आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। आर्यघाटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू पूर्णबहादर खड्का, गगन थापालगायत केन्द्रीय नेताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको कांग्रेस सचिव बस्नेतले जानकारी दिनुभयो । स्वर्गीय थापाको तीन छोरा र एक छोरी हुनुहुन्छ।
 

कमेन्ट लोड गर्नुस