सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

२०८१ असार २७, ०२:१९

काठमाडौँः आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ।

नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ। परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले राससलाई जानकारी दिए।

क्त पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिनेछ। 

कमेन्ट लोड गर्नुस