सुदूर नेपाललाई विश्वसँग जोड्दै

नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ

२०८१ असार २८, ०७:३९ खबर संवाददाता

ललितपुर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ। यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो।

प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो। सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेको भनाई छ ।

कमेन्ट लोड गर्नुस