सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको तीनसहित आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम

२०८१ साउन १, ०९:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको तीनसहित आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

यी जिल्ला भई बग्ने नदीको आसपासमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आज बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

1

कमेन्ट लोड गर्नुस