सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

२०८१ साउन ६, ०६:५६ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतवार विश्वासको मत लिएका थिए। त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुई तिहाई सांसदले समर्थन गरेका हुन्।

उनको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिएसँगै विश्वासको मत पाएका हुन्। यो वर्तमान संसद्को दुई तिहाइ मत हो। यस्तै, उक्त प्रस्तावको विपक्षमा ७४ मत परेको छ। आज कुल २६३ सांसद उपस्थित भएकामा १ मत तटस्थमा परेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छ। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिएका छन्। प्रधानमन्त्री ओलीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत मागेका थिए। 
 

कमेन्ट लोड गर्नुस