पाइलटबाहेक सबैको मृत्यु
काठमाण्डौँः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो। जहाजमा पाइलट सहित १९ जना सवार थिए। पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ।
उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो। अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनोजराज शर्मा, अस्मी निरौला, सुदिपलाल जोशी, सर्देश महर्जन, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, सन्तोष महतो, पुन्यरत्न शायमी लगायतको मृत्यु भएको छ।
