सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार, दैनिक ६ हजार बढी प्रिन्ट

२०८१ साउन ११, ०३:१८

काठमाडौंः यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्सको छपाइलाई तीव्रता दिएको छ।

जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए। पनेरुका अनुसार अहिले दैनिक ६ हजारभन्दा बढी लाइसेन्स छापिने गरेका छन्। दुई महिनाको अवधिमा दुई लाख बढी लाइसेन्स छापी सम्बन्धित प्रदेश यातायात कार्यालयहरूमा पठाइसकिएको उनले बताए।

उनका अनुसार गत जेठसम्म १६ लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी थियो। विभागसँग एउटामात्रै प्रिन्टर भएकाले तीन शिफ्टमा भएपनि लाइसेन्स छपाइलाई निरन्तरता दिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस