सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिमलताल पहिरोः ४० किलोको म्याग्नेटले बस खोज्दै भारतीय टोली

२०८१ साउन १२, १२:५३

काठमाडौंः दुई साताअघि त्रिशूलीमा हराएका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ।

तर, अहिलेसम्म भेटिएको छैन।अब बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले आज म्याग्नेट प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेका छन्।चार जना गोताखोरसहित आएका १२ जना भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका टोली सात दिनको लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए।यसअघि भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएर खोजी गरेको थियो।

भारतीय टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरूको खोजी गरिरहेको छ।आज ४० किलोको म्याग्नेटिक डिभाइस ल्याएर अन्तिम खोजी प्रयास गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी गरिँदै छ।

अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन्। उक्त डिभाइसले पानीमूनी भएको बस्तुलाई पहिचान गर्न सजिलो हुन्छ। असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

 

कमेन्ट लोड गर्नुस