रास्वपाको कारबाही लागू नगर्न निर्वाचन आयोगलाई मुकुल ढकालको पत्र
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डाक्टर मुकुल ढकाल आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न भन्दै उनले निर्वाचन आयोगलाई पत्र लेखेका छन्।
पत्रमा ढकालले पदमुक्त गरिएको बारे आफूलाई जानकारी नभएको भन्दै यस्तो आग्रह गरेका हुन्। निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन्।
उनले आफ्नो उपस्थितिबिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने दाबी पनि पत्रमा गरेका छन्।