सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

२०८१ साउन १४, ०८:२१ खबर संवाददाता

सुर्खेत: जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ। गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो। 

रिम्नावासी भावना रानाले भनिन्, 'अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ।'  भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन्। उनले भनिन्, 'हाम्रो दुःख बुझ्ने कोही भएनन्।' 

कमेन्ट लोड गर्नुस