सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो
काठमाण्डौः आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ।
आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो। आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो।