सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले दिए भ्रमणको निम्तो्

२०८१ साउन २७, ०८:५२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई भ्रमणको निम्तो नेपालको औपचारिक दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत दिएका हुन।

चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीलाई हालसम्म भारत भ्रमणको निम्तो आएको छैन। मोदी तेस्रो कार्यकालका लागि सत्तामा आएपछि ओलीले पहिलो पटक उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
 

कमेन्ट लोड गर्नुस