सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज साउनको अन्तिम सोमवार, शिवालयमा भक्तजनको भीड

२०८१ साउन २८, ०६:१७ खबर संवाददाता

साउन महिनाको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ। साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। ज्योतिषशास्त्रअनुसार साउने सोमवारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। साउनको सोमवार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। 

कमेन्ट लोड गर्नुस