सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

२०८१ साउन ३१, १०:३६

काठमाडौँः  उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।

बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठका अनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ। न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन्।

न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए । उच्च अदालत पाटन, हेटौंडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए । पछि उनी जनकपुरबाट पाटन सरुवा भएका हुन् ।

कमेन्ट लोड गर्नुस