भ्रष्टाचार अनुसन्धानमा हदम्याद नराखौंः गगन थापा
काठमाडौंः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन्। सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको महामन्त्री थापाले बताए।
तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले बताए। जे भए पनि तत्काल हदसम्म राख्न नसकिने महामन्त्री थापाले बताए।