पेट्रोलको मुल्य ५ रुपैँयाले घट्यो
काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ।
निगम सञ्चालक समितिको बिहीवार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। घटेको मूल्य शुक्रवारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।