रास्वपाका सह–महामन्त्री आचार्यसँग सहकारी ठगी प्रकरणमा समितिले लियो बयान
काठमाडौँः सहकारी संस्था बचत ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो। सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो।
सो विषयमा उनीसँग समितिले बयान लिएको हो। उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए। साथै उनी नोबडी प्रडक्सन प्रालिका संचालक समेत हुन्।