कञ्चनपुरमा निःशुल्क आँखा शिविर सञ्चालन
२०८१ कार्तिक ११, ०६:४६
धनगढी : कञ्चनपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ कालिका नगरमा शनिवार निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो।
हिन्दु महासंघ, नेपाल र गेटा आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो। सारथी अस्पतालले २१८ जनाको शिविरमा सामान्य स्वास्थ्य परीक्षणको सेवा दिएको बताएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण, निःशुल्क शल्यक्रिया, निःशुल्क औषधी, सुपथ मूल्यमा चस्मा वितरण गरिएको छ।
कमेन्ट लोड गर्नुस