सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले यहि वर्षदेखि रोटा खोप सञ्चालनमा ल्याउँदै

। फोटो स्रोत ।
२०७६ असार ९, ०४:३९

सरकारले यहि वर्ष देखि रोटा भाइरस खोप सुरु गर्ने भएको छ।  लामो समयको तयारीपछि सो खोप यहि वर्षदेखि सो खोप सञ्चालनमा ल्याउने भएको छ। आर्थिक वर्ष २०७५।७६ बाटै सुरु गर्ने भनिए पनि खोप अभावका कारण ढिलाइ भएकोले अब आउँदो माघ(फागुनदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ।

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमिनाइजेसन (गाभी) र  खोप उत्पादक कम्पनी जिएसके भारतले खोप उपलब्ध गराउने सुनिश्चित गरेको हो। राष्ट्रिय खोप सल्लाहकार समितिले समेत पहिले स्वीकृत भएको रोटा खोप सुरुवात गर्न सिफारिस गरिसकेको खोप शाखाले जनाएको छ। शाखाका अनुसार एक वर्षमुनिका ६ लाख ५० हजार बालबालिकालाई रोटा खोप दिइनेछ। ५ महिना र १४ महिनामा गरी दुई मात्रामा यो खोप दिइनेछ। 

नेपालमा बच्चामा देखिने पखालाको  मुख्य कारण रोटा भाइरस मानिएको छ। यो खोपले बच्चामा हु्ने ३० प्रतिशत पखाला कम गर्न सकिने सरकारको विश्वास छ। गाभीको सहयोगमा सरकारले ३ करोड रुपैयाँ बराबरको १२ लाख भाइरस खरिद गर्न लागेको थियो, तर खोपका लागि सम्झौता गरेको जिएसके कम्पनीले एक वर्षसम्म खोप पठाउन नसक्ने सन्देश पठाएको थियो। जसका कारण खोप प्रयोगमा ल्याउने सरकारी योजना अन्तिम समयमा रोकिएको थियो। झाडापखालाले कैयौं बालबालिका कुपोषणको सिकार हुने गरेका छन्। केहीको मृत्युको कारण पनि झाडापखाला नै बन्ने गरेको छ। 

कमेन्ट लोड गर्नुस