सुदूर नेपाललाई विश्वसँग जोड्दै

गएराति भूकम्पको धक्का महसुस

२०८१ फाल्गुन १६, ०६:४१ खबर संवाददाता

काठमाडौं: मुलुकको राजधानी काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किए। हालसम्म क्षतिको  विवरण प्राप्त भइसकेको छैन।  

शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

कमेन्ट लोड गर्नुस