लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८१ फाल्गुन २७, ०३:०४
काठमाडौँः प्रहरीले लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट २८ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस