कञ्चनपुरमा एउटा समिलबाट ९ वटा सालका गोलिया बरामद
२०८२ वैशाख ७, ०६:०२
कञ्चनपुरः कञ्चनपुरमा एउटा समिलबाट ९ वटा सालका गोलिया बरामद गरिएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित बेताल समिल एण्ड फर्निचर उद्योगबाट ९ वटा सालका गोलिया (७७.७४ क्यूफिट काठ बरामद गरिएको छ। उद्योगमा अवैध सालका गोलिया भेटिएपछि सञ्चालक विरेन्द्रबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सालका गोलिया भेटिएपछि शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्मा नेतृत्वको टोली उद्योगमा पुगेको थियो। तस्करीमा संलग्न व्यक्तिहरूलाई वन ऐन अनुसार कारबाही गरिने जनाइएको छ।
कमेन्ट लोड गर्नुस