सुदूर नेपाललाई विश्वसँग जोड्दै

सैपाल ग्याँसका प्रबन्ध निर्देशक घिमिरे युवा उद्यमी मञ्चको अध्यक्ष

२०८२ साउन ३, ०४:४८ खबर संवाददाता

काठमाडौँ : नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन्।

काठमाडौंमा आयोजित २१औं साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

एसजि ग्रुपका प्रबन्ध निर्देशक घिमिरे विभिन्न व्यापार, व्यवसाय तथा उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैँक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ , हस्पिटालिटी लगायतका क्षेत्रमा सक्रिय छन्।

कैलालीमा रहेको सैपाल ग्याँस प्रालिका समेतका प्रबन्ध निर्देशक रहेका घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन्। उनले इटहरि उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिका सदस्य भएर काम गरिसकेका छन्।

मञ्चको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको पदेन कार्यसमिति सदस्य रहने व्यवस्था छ।

 

कमेन्ट लोड गर्नुस