सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडिमालिकामा मृत्यु भएका तीर्थयात्री ओझाको शब निकाल्ने प्रयास जारी

२०८२ साउन २३, ०३:३७ खबर संवाददाता

बाजुराः बाजुराको बडिमालिकामा मृत्यु भएका तीर्थयात्री ओझाको शब निकाल्ने प्रयास जारी रहेको छ।

बिहिवार बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका तीर्थयात्री बिप्लब ओझाको उद्धार हुन सकेको छैन। मौसम प्रतिकुलताका कारण उद्दार हुन नसकेको हो। पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको हेलिकप्टर मार्फत उद्धार गर्न खोजिएको भएपनि मौसम प्रतिकुलताका कारण अझै उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

गोकर्णेश्वर–५ काठमाडौँका ओझा भिरबाट करिब ७ सय मिटर खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए। उनका अनुुसार उद्धार कार्य जारी रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस