डडेल्धुरामा अबिरल वर्षाले घर भत्किदा चार लाख बराबरको क्षति
डडेल्धुराः डडेल्धुरामा अबिरल वर्षाका कारण एक घर भत्किएको छ।
आज विहान जिल्लाको अमरगढी नगरपालिका‑७ पोखरा स्थित लक्ष्मीदेवी खड्कवालको कच्चि घर पूर्ण रुपमा भत्किदा चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उक्त घटनामा मानविय वा चौपायाको क्षति भने भएको छैन। थप विवरण संकलनको लागि वरिष्ठ प्रहरी हवल्दारको कमाण्डमा तीन जनाको टोली खटाईएको प्रहरीले जनाएको छ।