सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

२०८२ भदौ २९, ०१:३० खबर संवाददाता

काठमाडौँ:विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिवार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो।  प्रहरीले मे.१ च ५८२६ नम्बरको  गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस