जेन्जी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्नको भिडियो उपलब्ध गराउन अपिल
धनगढीः भदौ २४ गते कैलाली र कञ्चनपुर जिल्लामा भएको जेन्जी आन्दोलनमा घुसपैठ गर्नेको भिडियो उपलब्ध गराउन दिनेशखबर सबैमा आग्रह गर्दछ।
जेन्जी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा यी दुई जिल्लामा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति भएको छ।
जेन्जी युवाहरूले भ्रष्टाचार नियन्त्रणको माग गर्दै गरेको आन्दोलनमा व्यापक घुसपैठ भएको चर्चा चलेको छ। विभिन्न समूह र झुण्डमा आएका व्यक्तिको समूहले कैलाली र कञ्चनपुरमा आगजनी, तोडफोड गरेको जेन्जी युवाहरूले नै बताएका छन्।
जेन्जी युवाहरूले गरेको आन्दोलनलाई कमजोर र बदनाम गर्न विभिन्न पार्टीमा आवद्ध व्यक्तिको घुसपैठ भएको कञ्चनपुरको पुनर्वास-६ का युवा नवीन उपाध्यायले बताए। उनले घुसपैठ भएका व्यक्तिहरू नै सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको दाबी गरे।
दिनेशखबरमा आन्दोलनमा भएको घुसपैठ भएको तथ्य सार्वजनिक गर्नुपर्ने भएकाले आफूसँग रहेको भिडियो हामीलाई उपलब्ध गराउन अनुरोध छ। -सम्पादक