सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुखसहित ४ जना घुस रकमसहित रगेंहात पक्राउ

। फोटो स्रोत ।
२०७६ साउन १३, ०५:४६

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक–सहित ४ जना घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन्।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै आइतबार पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए। कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएका ४ जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरिने जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस