कपडा बैंकलाई २२ थान कपडा सहयोग
धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २२ थान कपडा सहयोग गरिएको छ। धनगढी-१ टिसिएन चोकका सार्थक शुक्ला र सिद्धार्थ शुक्लाले कपडा सहयोग गरेका हुन्। सार्थक र सिद्धार्थले स्वयं कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।