सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् भवन आगजनी गरेको आरोपमा कञ्चनपुरका दुई युवक प्रहरी नियन्त्रणमा

२०८२ कार्तिक १२, ०१:४९ खबर संवाददाता

धनगढीः जेन्जी प्रदर्शनमा उच्छृङखल गतिविधि गर्दै संसद् भवन आगजनी गरेको आरोपमा कञ्चनपुरका दुई युवकसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर घर भएका २० वर्षीय विकाश आग्री र भीमदत्त नगरपालिका–६ घर भएका २५ वर्षीय अनिल बुढा रहेको प्रहरीले जनाएको छ।

यस्तै, बानेश्वर बहुमुखी क्याम्पसका स्वावियु सदस्य सुजन वाइबा र दोलखा मेलुङ गाउँपालिका–६ घर भएका २४ वर्षीय युवराज भण्डारीसमेत संसद् भवन आगजनी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। 

गत भदौ २४ मा सो समूहले हतियार लुटेर प्रदर्शन गरेको र पेट्रोल बोकेर प्रहरी वृत्त नयाँ बानेश्वर, प्रभाग कोटेश्वर र संसद् भवनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

पक्राउ परेकामध्ये वाइबा अखिल (क्रान्तिकारी)बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए। आरोपीहरूले लुटेको हतियार नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन्। आरोपीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले आपराधिक उपद्रव गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस