सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

२०८२ कार्तिक २०, ०८:२९ खबर संवाददाता

काठमाडौँः नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ।

पौडेललाई बुधवारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो। विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

कमेन्ट लोड गर्नुस