सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२०८२ कार्तिक २१, ०६:४२ खबर संवाददाता

धनगढीः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ।

कमेन्ट लोड गर्नुस