सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

२०८२ मंसिर २४, ०९:३५ खबर संवाददाता

कैलालीः शिलान्यास भएको चार वर्षपछि कैलालीको टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ। 

स्थानीय वीरेन्द्र विद्या मन्दिरको  खेल मैदानमा रु दुई करोड ६४ लाख ५० हजारको लागतमा  कभर्ड हल निर्माण प्रारम्भ भएको हो। एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए। आगामी भदौभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ। निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर राजेन्द्र दिए। 

कमेन्ट लोड गर्नुस