कैलाली र कञ्चनपुरबाट ४५ लाखको सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट ४५ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क स्थित सडक र ब्रहमदेब हाईवेबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४५ लाख १ हजार १७९ बराबरको सामान बरामद गरेको हो। कञ्चनपुरबाट उक्त मुल्य बराबरको आईफोन मोबाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सर समान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका७ बुद्धचोकबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६९ हजार ५ सय बराबरको सामान बरामद गरिएको छ। धनगढीबाट भन्सार छलीका बिभिन्न किसिमको पटका, माछा मार्ने जाल, जाल बाध्ने डोरी, बल्छि धागो लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।