सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली चिसापानी जलविद्युत आयोजना अध्ययनका लागि डिपिआर तयारी सुरु

२०८२ पुष २, ०५:०९ खबर संवाददाता

टीकापुर (कैलाली): ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डिपिआर) गर्न लागिएको जानकारी दिएका छन्।

मन्त्री घिसिङका अनुसार, सदूरपश्चिम प्रदेश मात्र नभई समग्र देशको आर्थिक समृद्धिसँग जोडिएको यो मेगा आयोजना नेपाल विद्युत् प्राधिकरणमार्फत विस्तृत अध्ययन गरिनेछ। यसअघि सन् २००१ भित्र सम्भाव्यता अध्ययन सम्पन्न भए पनि आयोजनाको कार्यान्वयन अघि बढ्न सकेको थिएन।

घिसिङले भने, कर्णाली चिसापानी आयोजना बनाइएपछि नदीको प्रवाह नियन्त्रण हुने र कटान समस्या दीर्घकालीन रूपमा समाधान हुने छ। साथै, रानीजमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गत ४.७१ मेगावाट क्षमताको जलविद्युत् गृह सञ्चालन गर्न स्थानीय जनता र उपभोक्ता समितिसहित कम्पनी खोल्ने प्रक्रिया अघि बढाइएको छ।
 

कमेन्ट लोड गर्नुस