सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८२ पुष ६, ०९:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छलि गरिएका सामग्रीहरु प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएका छन्।

हिजो बिहान करिब ११ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित पूर्णागिरी घाट सडक किनारामा खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याइएका फलफूल र अन्य सामग्री फेला पारे। जसमध्ये अनार, सुन्तला र गुपट्टी लगायतका सामग्रीको कुल मूल्य लगभग रु. १९ हजार ३ सय २० रहेको छ। यी सामानहरु भारतबाट भन्सार छलि गरि ल्याइएको जनाइएको छ।

यसैगरी, हिजो अपराह्न १ बजे कञ्चनपुरको भिमदत्त नगरपालिका–९, तुम्नाडी स्थित एक स्थानमा पनि प्रहरीले अवैध भन्सार सामग्री फेला पारे। उक्त स्थानमा समेत भारतीय सीमाबाट लिइएका सामानहरुको अनुमानित मूल्य रु. १८ हजार ५ सय रहेको थियो।

यस्तै, हिजो राति १० बजेको समयमा, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८, पचुई स्थित भगवति इटा उद्योग नजिक अवैध भन्सार सामग्रीको ठूलो खेप फेला पर्न आयो। प्रहरीले यहाँ गाडी मर्मतका सामग्री, ट्याक्टर ट्युव, मुविल तेल लगायतका सामग्री र ओसारपसारमा प्रयोग गरेको यू के ०६ एल ९९३९ नम्बरको मोटरसाइकलको साथमा अन्य सामान नियन्त्रणमा लिए। यस घटनामा जम्मा लगभग रु. १ लाख ४० हजार मूल्य बराबरको सामान बरामद गरिएको छ।

यी घटनाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस