दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु
दार्चुला: जिल्ला दार्चुलाको मार्मा गाउँपालिका ३ स्थित गोकुलेश्वर लटिनाथ भित्री सडकखण्डमा हिजो साँझ ८ः५५ बजे एक जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
दार्चुला मार्मा गाउँपालिका ६ सेरीका २६ वर्षीय माधव महाराले चलाएको सुप.प्र० १–००१ च २६०४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट २०० देखि २५० मिटर तल खसेको थियो। जिपमा सवार २२ वर्षीय केशव राज जोशी, जो मार्मा गाउँपालिका ३ भैसेका थिए, जिपले च्यापिएको अवस्थामा फेला परे।
घटनास्थलमा तत्कालै उद्दार कार्य गरिएका थिए, र केशव राज जोशीलाई उपचारका लागि मार्मा आधारभूत स्वास्थ्य चौकीमा ल्याइएको थियो। तर, उपचारको क्रममा २०८२।०९।०६ गते बिहान १ः०५ बजे केशवको मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा जिप घटनास्थलमै रहेको छ भने चालक माधव महारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ।