सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका २ जना खैरो हिरोईनसहित पक्राउ

२०८२ पुष ८, ०८:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका २ जना खैरो हिरोईनसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सदाबहार टोल बस्ने मोहित भट्ट र अभिसेक अवस्थी खैरो हिरोईनसहित पक्राउ परेका हुन्। अवस्थीलाई चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ४१ मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला पारी उक्त पदार्थसहित दुबै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट सलाघारी, कञ्चनपुरबाटबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस