लायन्स क्लब अफ धनगढी टाउन द्धारा कपडा बैङ्कलाइ ३३६ थान कपडा सहयोग
२०८२ पुष ९, ०२:२९
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३३६ थान कपडा सहयोग गरिएको छ।
लायन्स क्लब अफ धनगढी टाउनले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आईरहेको छ।
कमेन्ट लोड गर्नुस