सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज ‘क्रिसमस डे’ मनाइँदै

२०८२ पुष १०, ०८:२५ खबर संवाददाता

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज डिसेम्बर २५ तारिखका दिन ‘क्रिसमस डे’ मनाइदैछ।

यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ। दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ मा इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो। येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई ‘क्रिसमस डे’का रुपमा मनाउँदै आएका छन्।

ख्रिष्टियन महासङ्घका अनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको महासंघले जनाएको छ।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो। पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ।

कमेन्ट लोड गर्नुस