सुदूर नेपाललाई विश्वसँग जोड्दै

रञ्जिता श्रेष्ठ र रेशम चौधरीको पार्टी एकिकरण हुँदै

२०८२ पुष १२, ०१:४८ खबर संवाददाता

काठमाडौँः रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ। 

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपा र नाउपा नेपालबिच शनिबार पार्टी एकताको कार्यक्रम रहेको जानकारी दिईन्।  श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद भएपछि चौधरी संरक्षक रहने गरी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन भएको थियो ।  चौधरी संरक्षक रहेको नाउपा नेपालको अध्यक्ष कविर सोब रहेका छन्। 

कमेन्ट लोड गर्नुस