नेपका कैलालीद्धारा ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस
धनगढीः प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनको लागि ५ निर्वाचन क्षेत्रबाट ४२ जनाको नाम सिफारिस गरिएको छ । जसमा यअसघी अछामबाट नाम सिफारिस भइसकेका भीम रावलको नाम पनि २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ ।
कैलालीका २ नम्बर क्षेत्र र ५ नम्बर क्षेत्रबाट भीम रावलको नाम सिफारिस गरिएको छ । ५ नम्बर क्षेत्रबाटै पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र भानुभक्त जोशीको नाम पनि सिफारिस गरिएको छ ।
यस अघि जोशीको नाम बझाङ र भट्टको नाम डोटीबाट सिफारिस भइसकेको छ । कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले सबै नाम केन्द्रमा सिफारिस गरेको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट नेप चौधरी, हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देउकर, प्रेम साउद, बालकृष्ण चौधरी, ललित थापा, युवामा तपेन्द्र शाह र महिलामा सरस्वती शाहको नाम सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नम्बर २ बाट डा. भीम रावल सहित लाल बहादुर सोडारी, कर्ण प्रसाद जैशी, नन्द बहादुर साउद, युवामा शिवराज सञ्जाल र महिलामा बसन्ती डगौराको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ बाट विरभान चौधरी, लाजुराम चौधरी, प्रकाश मिश्र, विपिन आचार्य, कमल प्रसाद चौधरी, महिलामा विनीता चौधरी र युवा वीरेन्द्र जिसीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुवर, लक्षीराम आचार्य, युवामा बमबहादुर विक र महिलाबाट चुनकुमारी चौधरीको नाम सिफारिस गरेको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ५ डा. भीम रावल सहित, भानुभक्त जोशी, त्रिलोचन भट्ट, नरबहादुर शाह, ओमप्रकाश पुन, प्रेम बिसी, सुरेन्द्र यादव, डिएल भण्डारी, महिलामा सुशीला बुढाथोकी, लक्ष्मी चौधरी विनाडी र युवामा मनोज पुन मगरको नाम सिफारिस गरेको छ ।