परराष्ट्रमन्त्री बालानन्द शर्माः “नेपालको छवि सुधार्न र छिमेकीसँग सकारात्मक सम्बन्ध अघि बढाउन प्रतिबद्ध”
काठमाण्डौ: नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि सुधार्ने र देशका मित्रराष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढाउने लक्ष्य लिएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री शर्माले भने, “नेपालको छवि संसारभर कसरी राम्रो बनाउने भन्ने विषयमा म अघि बढ्नेछु। हामी आएर देश र मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन। मैले छिमेकी देशहरूसँग सकारात्मक भूमिका खेल्नेछु। उनीहरू उदयीमान देश हुन्, सहकार्य गर्दै अघि बढ्न सकिन्छ।”
मन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हो।