सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चिसो बढ्यो, तापक्रम १५ डिग्रीमा झर्‍यो 

२०८२ पुष १६, ०२:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको राजधानी धनगढीमा चिसो बढेको छ। पछिल्लो केही दिनदेखिको हुस्सु र शितलहरका कारण धनगढीसहितका तराई क्षेत्रमा चिसो बढेको हो। चिसो बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार केही दिनदेखि धनगढीको अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस र न्यूनतम् तापक्रम १२ डिग्री सेल्सीयस मापन भइरहेको छ।

आजको न्यूनतम तापक्रम भने १२.४ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम् तापक्रम मापन हुन बाँकी छ। फिल्ड कार्यालय अत्तरियाले केही दिनसम्म तराईको मौसममा सुधार हुने सम्भावना नदेखिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस