सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८२ पुष १७, ०७:२९
कञ्चनपुरः सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ फागुन २३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष २ महिना ९ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको बेलौरी नगरपालिका४ शान्तीपुर बस्ने ४० वर्षीय हेमलाल चापागाई पक्राउ परेका हुन्। चापागाईलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस