धनगढीमा वेवारिसे अवस्थामा काठ फेला
२०८२ पुष १७, ०७:३४
धनगढीः धनगढीमा वेवारिसे अवस्थामा काठ फेला परेको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगर सामुदायिक वन नजिकबाट साल जातको गोलिया थान–३ (१५ क्युफिट) अन्दाजी मुल्य १८ हजार बराबरको काठ प्रहरीले फेला पारेको हो। उक्त काठ प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई कैलाली सामुदायिक वनको जिम्मा लगाएको जनाएको छ।
कमेन्ट लोड गर्नुस