दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद
धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–१० गज्जर काठे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार २८९ बराबरको सामान बरामद गरिएको छ।
भन्सार छलीको चिनी, मिश्री, खाने तेल, बिडी, गुलाव जामन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कैलालीको टीकापुर नगरपालिका–६ भर्तापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २९ हजार ९ सय बराबरको सामान बरामद गरिएको छ। कैलालीबाट माला, लेबन्टु लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।