चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८२ पुष १९, ०७:४२
कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ फागुन ११ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ८ दिन कैद सजाय तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका–२ बनरा २३ वर्षीय कमल सुनार पक्राउ परेका हुन्। सुनारलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्रवार बाणीबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस