सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट बैकिङ कसुर मुद्दामा फरार डोटीका एक जना पक्राउ

२०८२ पुष १९, ०७:५६ खबर संवाददाता

धनगढीः कैलालीबाट बैकिङ कसुर मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डोटीको फैसलाले बैकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएपछि फारार रहेका डोटीको सायल गाउँपालिका–५ बस्ने ३३ वर्षीय पदमबहादुर रोकाया पक्राउ परेका हुन्।

रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस