सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८२ पुष २०, ०९:१८ खबर संवाददाता

कञ्चनपुर: गोप्य सूचनाको आधारमा प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भासी क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

हिजो दिउँसो करिब ३ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा बेदकोट नगरपालिका–१ चम्फापुर निवासी ३२ वर्षीय धिरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा खत्रीको साथबाट १८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। 

उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।


 

कमेन्ट लोड गर्नुस